तस्बिर
‘३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७९’ मनाउने सिलसिलामा नेपाली सेनाले पदयात्रा सुरू गरेको छ।
यो सर्प प्राय: सफा पानीका तालतलैया तथा नदीका छेउछाउमा बस्छ। ताल, पोखरीमा पाइने माछा, भ्यागुतालाई आफ्नो आहार बनाउने गर्छ।
के पहाड-के तराई, सात वटै प्रदेशका दस फरक-फरक सहरमा टनाटन भरिएका चौरहरूबाटै पनि अब नेपथ्यले तय गर्ने ‘मानवताका लागि संगीत’ अभियान अनुमोदित बन्न पुगेको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरीकोतर्फबाट २९ खेलमा ४ सय ९५ जना खेलाडीहरू सहभागी भएका थिए।
लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन्।
सप्तरी प्रहरीले तीन हजारभन्दा बढी गाँजाको बोट फडानी गरेको छ।
काठमाडौं मच्छेगाउँबाट केही दिनअघि लिइएको तस्बिर। यसबाट काठमाडौंको वायुमण्डलमा धुलोले कति प्रभाव पारेको छ भन्ने थाहा पाउन सकिन्छ।
प्रदेश १ का १४ जिल्लाका १७ सय ७७ मतदानस्थलमा शान्तिपूर्वक मतदान भइरहेको छ। केही छिटपुट घटनाबाहेक अन्य ठाउँमा भयरहित ढंगबाट मतदान भइरहेको छ।
‘धेरै दिनपछिको फुर्सद, फुर्सदमा राधिकासँग साग केलाउँदै,’ ओलीले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेका छन्।
यहाँ एउटा चौँरी गाईको मूल्य रु एक लाखभन्दा बढी पर्ने स्थानीय बताउँछन्।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ मा चुनावी प्रचार-प्रसार अभियानमा सक्रिय छन्।
सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा हिउँ चितुवा देखिएको छ।
सूर्यको आरधना गरी मनाइने छठ पर्व सुरु भएसँगै विराटनगरका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा छठ पर्वको तयारीका विषयमा जानकारी लिन विभिन्न नहर र खोलाको अनुगमन गरिएको छ।