तस्बिर
विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको मनाङ ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो ताल। यो ताल चार हजार नौ सय १९ मिटर उचाइमा रहेको छ।
कोभिड महामारीका कारण दुई वर्षयता रोकिएको धार्मिक राधाकृष्ण रथयात्रालाई यसपटक स्वास्थ्य मापदण्ड अपनाएर निकालिएको हो।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा विराटनगर तीनपैनीमा रहेको राधा कृष्ण मन्दिरमा श्रद्धालुहरूको भिड लागेको छ।
मौसम खुलेको बेला लिइएको भक्तपुर दरबार क्वायर परिसरको तस्बिरहरू। भक्तपुर दरबार ऐतिहासिक तथा पर्यटकीय क्षेत्र पनि हो।
मंगलबार उनी मुस्लिम समुदायको एउटा पर्वमा सरिक भए। त्यहाँ उनले मुस्लिम धर्मावलम्बीहरूलाई जुस पिलाएका थिए।
काठमाडौंस्थित र्याडिसन होटलमा सञ्चालित 'इन्टरपोल प्रोजेक्ट लिडर पुलिसिङ क्यापाबिलिटिज टेबल टप एक्सरसाइज' कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
डुबानपछि सो स्थानमा खटिएका नेपाल प्रहरीलगायत नेपाली सेना र सशस्त्र प्रहरी बल समेतले डुबानमा परेका स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा राख्दै आइरहेको छ।
सप्तकोसी नदीको एउटा भंगालो बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडा जलमग्न भएका छन्।
मंगलबार दिउँसो भित्र बैठक चलिरहेका बेला दुई संघर्ष समितिले प्रदेशसभाअगाडि प्रदर्शन गरेका हुन् ।
हिन्दु धार्मिक विधिअनुसार विराटनगरको नवग्रह ज्योतिष कार्यालयले सामूहिक रूपमा कालसर्प दोषशान्ति गरेको हो।
विशेषगरी तराई क्षेत्रमा पाइने यो चरा सिमसार, खेत, तालहरूमा पाइन्छ। काठमाडौंमा सन् १९५९ मा देखा परेको यो चरा ६० वर्षपछि पहिलोपटक २०७९ को असार ११ मा देखिएको हो।
देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। केही स्थानमा भारी वर्षा भइरहेको छ।
सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बाेलाएर बैठक चलिरहेको बेला लिम्वुवान किरात संयुक्त संघर्ष समितिले प्रदेशकाे नाम किरात हुनु पर्ने माग राख्दै प्रदेशसभा भवन बाहिर साकेला नाच प्रस्तुत गरिरहेका छन्।
मोरङको सुन्दरहरैंचाको गछिया खोलामा निर्माण गरिएको बाँध तथा तटबन्ध कटान हुन थालेको छ।
खोला उत्खननले गर्दा परेको पानीमा भर पर्नुपर्ने अवस्थाले गर्दा लगाएको धान मर्दै गएको छ।
आगलागी भएको दुई घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।