राजनीति

कोसी प्रदेशको योजना आयोग उपाध्यक्षमा उप्रेती नियुक्त

कोसी प्रदेस योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्र विषयका प्रध्यापक डिल्लीराम उप्रेती नियुक्त भएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उप्रेतीलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो।

महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका उप्रेतीले त्रिभुवन विश्वविद्यालयको राजिष्ट्रार भइसकेका व्यक्ति हुन्।

यस्तै, बैठकले कोसी प्रदेस दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधीवक्तासँग थप कानुनी परापर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको मुख्यमन्त्रिका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।

यसैगरी, विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई पोशाक सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय भएको विष्टले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०

प्रतिक्रिया दिनुहोस्