राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानविन गर्न रास्वपाको माग

नवपथ संवाददाता
काठमाडौं, जेठ १०

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापति रवि लामिछानले अहिलेको छानविनले जनताले चाहेको जस्तो निष्कर्ष निकाल्न नसक्ने भन्दै संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गरेका छन्।
उनले यस प्रकरणमा विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तिरु र राज्यका विभिन्न निकायहरुको नाम समेत आइरहेको अवस्थामा कसैलाइ विश्वास गर्न सक्ने अवस्था नरहेको जिकिर गरे।
उनले यसमा नाम आएको व्यक्तिमाथि सोधपुछ र कारवाहीको दायरामा ल्याउन खुट्टा कमाउन नहुने बताए।
लगतै सभामुख देवराज घिमिरेले रास्वपाले राखेका विषयमा ध्यानआकर्षित भएको बताए।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०