राजनीति

आइजिपीबारे भ्रामक समाचार छापियो : प्रहरी प्रधान कार्यालय

प्रहरी प्रधान कार्यालय वसन्तबहादुर कुँवरबारे समाचार छापिएकोमा प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उसले बुधबार विज्ञप्ति जारी गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै आधार, तथ्य र प्रमाणबिना समाचार सम्प्रेषण गरिएको जनाएको छ।

उसले कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रमहरी प्रमुख स्वयमले नै आर्थिक फाइदा लिएको भन्ने तथ्य स्थापित गर्न खोज्न अत्यन्त निन्दनीय रहेको जनाएको छ।

प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जारी गरेको विज्ञप्तिमा भनिएङ्को छ, ‘आधार, तथ्य र प्रमाणबिना अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रमण सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गरदछ।’

कुँवर अपराध अनुसन्धान कार्यालय काठमाडौंमा रहँदा गृहसचिव टेकनारायण पाण्डेलगायतसँग शरणार्थी प्रकरणबारे कुराकानी गरेको भन्दै समाचारहरू प्रकाशित भइरहेका छन्। कुँवरमाथि पनि अनुसन्धान हुनुपर्ने विषय सञ्चारमाध्यमले उठाइरहेका छन्।

Khandan1684927495.jpg

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०

प्रतिक्रिया दिनुहोस्