राजनीति

रेशम चौधरीलाई आममाफी दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट

टीकापुर हत्याकाण्डका दोषी नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ।

उक्त घटनामा मारिएका प्रहरी अधिकृतकी श्रीमतीले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन्।

मन्त्रिपरिषद्ले आइतबार बिहान चौधरीलाई आममाफी दिन सिफारिस गरी राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो।

त्यसविरूद्ध टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले आइतबार दिउँसो सर्वोच्चमा रिट निवेदन दर्ता गराएको सर्वोच्च अदालतले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने तयारी गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०

प्रतिक्रिया दिनुहोस्