राजनीति

टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरी छुटे जेलबाट

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी सोमबार बिहानै जेलमुक्त भएका हुन्।

सो पार्टीकी अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठलगायत पार्टीका कार्यकर्ताहरू चौधरीलाई स्वागत गर्न डिल्लीबजार कारागार पुगेका थिए।  

२०७२ भदौ २७ मा कैलाली टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मीको ज्यान गएको थियो।

रेशमलाई त्यस घटनाका मुख्य अभियुक्त मानी मुद्दा दर्ता भएको थियो। २०७४ सालमा पक्राउ परेका चौधरीलाई हालसालै मात्रै सर्वोच्च अदालतले जन्मकैद हुने फैसलालाई सदर गरेको थियो।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०

प्रतिक्रिया दिनुहोस्