राजनीति
सशस्त्र प्रहरीका तीन एआइजीको सरूवा, मानव स्रोतमा सिपी गौतम

नवपथ संवाददाता
काठमाडौं, असोज १

सशस्त्र प्रहरीका तीन जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को सरूवा भएको छ।
तीन दिनअघिको मन्त्रिपरिषद बैठकले तीनै जना एआइजीको सरूवा गरेको गृह मन्त्रालय स्रोतले बतायो।
सरूवा अनुसार मानस्रोत विभागका नारायणदत्त पौडेलको सीमा विभागमा सरूवा भएको छ।
कार्य विभागमा कार्यरत् चन्द्रप्रकाश गौतम (सिपी)को मानव स्रोत विभागमा सरूवा भएको छ।
सीमा विभागका वंशीराज दाहालको कार्यविभागमा सरूवा भएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूको केही दिनभित्रै आ-आफ्नो ठाउँमा कार्यभार सम्हाल्न जाँदैछन्।
सशस्त्र प्रहरीमा तीन जना एआइजीको दरबन्दी रहने व्यवस्था छ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८०