राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिने छ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पढाइ लेखाइमा प्रगति हुने छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना सफल होलान्। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा विशेष फाइदा हुने छ। प्रतिस्पर्धी पराजित हुनेछन्। सोचेभन्दा आम्दानी बढ्ने छ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विगतको श्रमबाट प्रशस्त धन लाभ हुने छ। पठन पाठनमा प्रगति हुने छ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सम्बन्धमा सुधार आउने छ। मनग्य धन आर्जन हुने छ। साथीभाइसँग रमाइलो भेटघाट हुने छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पतिपत्नीबीच सम्बन्धमा सुधार आउने छ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहने छ। सुखद समाचारले अझ उत्साह बढ्ने छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ठुला व्यक्तिको विशेष सहयोग जुट्ने छ । परिवारवीच आत्मीय भाव बढ्ने छ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रसस्त लाभ मिल्ने छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु पढाइ लेखाइमा प्रगति हुने छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइने छ। कामबाट प्रतिष्ठा मिल्ने छ। काम गर्ने मनोबल र उत्साह बढ्ने छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सोच्ने शक्ति बढ्ने छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यापार व्यवसायबाट रानै फाइदाको योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउने छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मीन नयाँ कामको प्रस्ताव आउने छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्।