साहित्य
भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता महोत्सव गर्दै प्याब्सन

1688572468.jpg)
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँले भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी प्रथम कविता महोत्सव तथा साहित्य श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ।
प्याब्सन काठमाडौंले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो।
प्याब्सन काठमाडौंका सचिव सुदर्शन थापाले आदिकवि भानुभक्त आचार्यको २१०औं जन्म दिवसको अवसरमा आगामी असार २९ गते कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन्।
कार्यक्रमका संयोजक एवं प्याब्सन काठमाडौंका सह-कोषाध्यक्ष बिएन अधिकारीले बालसाहित्यको विकास, बालबालिकाभित्र रहेका अन्तर्निहित प्रतिभाको प्रष्फुटन, आदिकवि भानुभक्त आचार्यको सम्मान र श्रष्टाहरुको सम्मान नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन्।
प्याब्सन काठमाडौंका अध्यक्ष एवं साहित्यकार प्रेमकुमार राईले साहित्य समाजको पथप्रदर्शक भएकाले बालबालिकाहरुमा साहित्यप्रतिको प्रेम जगाउनका लागि कविता महोत्सव गर्न लागिएको जानकारी दिए।
कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरमा रहेको निजी विद्यालयबाट प्रत्येक विद्यालयबाट एक जना सहभागी हुने गरी ५०जना विद्यार्थी सहभागिता जनाउने बताईएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कार सहित अन्य ७ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने बताइएको छ।