साहित्य
यो जिन्दगी, कस्तो जिन्दगी!

सञ्जु सुवेदी
साउन १३

हाँस्दा हास्दै आँशु झर्छ
थाहा नै नपाई मुटु जल्छ
बियोगमा वेदनाको आँशु खसाली
सुटुक्क पछ्यौरीले पुछ्नुपर्छ
काँडामाथि पाइला टेकी
मौनतामा बाँच्नुपर्छ
यो जिन्दगी, कस्तो जिन्दगी!
दु:ख-सुख, बिछोडको आत्मसात गरी
ठेश लागे पनि पाइला सर्छ अघि
मौनताको फाइदा लुटी
एक्लै बसी रुनुपर्ने
बन्दुकको नालसँग
प्रतिकारमा जिउनुपर्छ
यो जिन्दगी, कस्तो जिन्दगी!!
लासमाथि लाशकै खात पारी
रगतको भेलमा रुझ्नुपर्ने
हाँसी हाँसी फाँसी स्वीकारेर
गहौं मुटुको चोटसँग नाच्नुपर्ने
विछोडमा आँशु झारी
मिलनमा हाँस्नुपर्ने
यो जिन्दगी, कस्तो जिन्दगी!!!
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०