साहित्य

सुन फल्यो

सुनिल सुवेदी।

नुनको त टुङ्गो छैन 
तस्करी पो भन्छन्।
टाटी बार्‍या झुपडीमा
सुन फलो भन्छन्।

बुढी आमा रुन्छिन् घरमा 
बालबच्चा भोकै।
भ्रष्टचारी, घुसखोरीलाई 
कति राख्ने जोगाई।

कलेटी ती ओठ तिनका
गहभरि आँशु।
पति गयो जेलमा 
उड्यो सबै हाँसो।

तिरस्कारले विछिप्त छन् 
कोलाहल छ गाउँमा।
निर्दोष पो पर्ने हो कि 
अपराधीको नाउँमा।

कति सारो बेथिति हौ 
लौन मेरो देशमा।
चोरहरूको शासन छ
राजनेताको भेषमा।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०

प्रतिक्रिया दिनुहोस्