साहित्य

गायक प्रेमध्वज प्रधान र गीतकार यादव खरेल नेपाली साहित्य समाजबाट पुरस्कृत

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान (मरणोप्रान्त)  र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत गरेको छ। 

अनेसासको राष्ट्रिय महाधिवेशनका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जनही २१ हजारसहित उक्त पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित गरिएको छ। त्यस्तै अनेसास भानु विशेष सम्मानबाट भानु प्रतिष्ठान, आनेसास भानु सम्मानबाट डा. देवी नेपाल, बलराम दाहाललगायत सम्मानित भएका छन्।

त्यस्तै अनेसास डायस्पोरा सम्मानबाट प्रगति राई सम्मानित भएकी छन्। कार्यक्रममा राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट सम्मानित वरिष्ठ गीतकार खरेलले संसारभर छरिएर रहेका नेपालीलाई जोड्ने माध्यम नेपाली भाषा रहेको बताए।

कार्यक्रममा लेखक ध्रुव खनालको नयनको बस्ती कथा संग्रह पुस्तक लोकार्पण भएको थियो।


 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०

प्रतिक्रिया दिनुहोस्