साहित्य
बाँच्ने अभिलाषा

सुनिल सुवेदी
भदौ १६

म मरें भने यदि, तिमी छक्क नपर्नु,
यहाँ मृत्युको मौसम चलेको छ..!
कति थेग्ला र शब्दरुपी कामनाले,
मृत्यु नै सबैको दैला-दैलामा आइपुगेको छ…!!
घाम उदाउने अस्ताउनेको त ठेगान छैन,
उज्यालो भएन भनेर तिमी छक्क पर्छौ..!
यहाँ चारैतिर चिताको धुवाँले तुवाँलो लागेको छ...!!
अङ्गालो मारी मारी,
धित पुर्याएर रुन्थेऊ होला वियोगमा..!
ऊ ... परैबाटा एक थुंगा फूल
चढाउन मुस्किल छ...!!
हिजो हासेको मान्छे,
आज कहिल्यै नबोल्ने भएछ..!
भन्छौ फर्केर आऊ!!
बुझ्छु म अझै तिमीमा,
बाँच्ने अभिलाषा जिउँदो रहेछ…!!!
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०