साहित्य

महसुस गर्न देऊ उसलाई

चन्द्रकुबेर खापुङ।

उड्न देऊ-
चीलहरूलाई खुल्ला आकाशमा
चिथर्न देऊ नङ्ग्राहरूले निर्मम
तब पो बढ्ने छ विश्वास आफ्ना नङ्ग्रा र पखेटाहरूप्रति
हुने छ भरोसा
आफू बसेको डालीमा होइन
आफ्ना नङ्ग्रा र पखेटाहरूमा।

गुन्जन देऊ-
आर्तनादहरूलाई बेरोकटोक
फैलिन देऊ खित्काहरू स्वच्छन्द
तब पो अस्तित्व हुने छ आवाजहरूको
र,
ओठहरू खिलखिलाउने छन् आफ्नो तागत देखेर।

उर्लिन देऊ-
खहरेहरूलाई आफ्नै गतिमा
बगाउन देऊ सामू आउने फोहोरमैला पनि
तय गर्न देऊ आफ्नै लयमा गन्तव्य
तब पो थाहा पाउने छ खहरेले
आफ्नो सीमितता र आफैं तोडिने छ उसको घमण्ड।

(खापुङ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हुन्। उनका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस्)

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

भरत गुरागाईं ‘बर्बरिक’
कात्तिक २७
नवपथ संवाददाता
सञ्जु सुवेदी 
चन्द्रकुबेर खापुङ
असोज ६
सुनिल सुवेदी
भदौ १६