साहित्य

परदेशबाट दसैंको शुभकामना

सम्झिराछु बसेर परदेशमै, पोहोर साल दसैं मनाएको घरदेशमै 
आशिष सँगसँगै पहेंला ती जमरा शिरमा, रातो टीका निदारमै 

रमाइलो गाउँ घमाइला दिन, कुहुकुहु कोहिलीले गीत गाउँदामा 
हरियाली जताततै भिर पखामा, झल्को आँखाभरि रात-दिनमा

साथी-संगी भेला भई रहरमा, रमाउँदै लिङ्गो गाडी पिङ हालेका
मच्चाउँदै सरर सरर लिंगो फर्काएको, झल्को छ ताजै आँखामा 

आशिषसँगै टीका, जमरा शिरमा,  हजुरबा-माका प्यारा हातैका 
आफन्त मान्यजन भेटघाटा ती, ताजै छन् आँखाभरि झुमिरहेका 

फुलेका ती फूलहरहरू रंग-रंगमा, भुलेका ती पुतली आफ्नै ढङमा 
घोर्ले खसी मार हानेको अस्टमिमा, झल्को आँखाभरि आँगनीमा 

आउला अर्को साल, मनाउँला दसैं बसी जन्मभूमिको काखैमा 
बढुन् मित्रहरू, घटुन् शत्रुहरू सबका, बडादसैंको छ शुभकामना।।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

भरत गुरागाईं ‘बर्बरिक’
कात्तिक २७
नवपथ संवाददाता
सञ्जु सुवेदी 
चन्द्रकुबेर खापुङ
असोज ६
सुनिल सुवेदी
भदौ १६