साहित्य

छोरीसँग 

मिश्र वैजयन्ती।

प्रिय छोरी
आफैं कोर्नू आफ्नो कपाल 
आफैं मिलाउनू शयन कक्ष 
आफैं बाँध्नू तुना जुत्ताको। 
बोकेर आत्मरक्षाको  कवच छातीमा 
ठमठम हिॅड्नु छ तिमीले 
आत्मनिर्भरको वैश्विक यात्रा। 

खोजिरहनु पर्दैन कुनै साथी
निस्कँदा गल्ली, चोक, बजार वा तालिममा जाँदा। 

जन्मदैदेखि  तिमीसँगै  छ भार बोक्ने टाउको 
इज्जत बेइज्जतको हिसाब बोक्ने निधार 
अभिव्यक्तिका लागि वाणी। 
प्रेममा फूलजस्तै नरम 
घृणामा तरबारजस्तै धारिलो 
बलमा इस्पातझैं सशक्त मन दिएकी छु। 

तिम्रा दुई पाइलाका पछाडि 
मुस्कुराइरहने बाबुआमाको विश्वास छ। 
अपराजिता! 
हरेक युग प्रपञ्चमा जगल्टिएको हुन्छ 
तिम्रा लागि तिमी मात्र सत्य हौ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

रमा पौडेल
फागुन ८
नवपथ संवाददाता
पोखरा, फागुन  ४
राजेन्द्र कार्की
फागुन ३