साहित्य
जब म थिइनँ अरूको मलाई पाउन बल गर्यौ, पाइसकेपछि मलाई तिमीले पटकपटक छल गर्यौ!
तपाईं देख्दै हुनुहुन्छ, हेर्नुस् मन्त्रालयको गेटमा निकै ठूलो हण्डी छ मौसमी हण्डी तिलस्मी हण्डी हण्डी भित्रबाट कहिले घाम झुल्किए जस्तो देखिन्छ कहिले कल्पवृक्ष उम्रिए जस्तो देखिन्छ हण्डी भित्र कनिका छ नेता कुटिल मुस्कान छर्दैछ डनहरू छेउमा सतर्क मुद्रामा छन्
कत्तिको जोडी मिलाइदिने, कत्तिलाई एक शुत्रमा बाँध्ने फेसबुक आज मेरो बन्नै लागेको सम्बन्ध छुटाइदिने माध्यम बनेको थियो। त्यसैले एकपटक आफ्नै टाउकोमा एक थप्पड लगाएँ - अनि ठूलो स्वरमा बोलें - फेसबुक मुर्दावाद! फेसबुक मुर्दावाद!
ऊ आउँदैछ - आउँदैछ मात्र भन्छिन् धेरै शान्ति लिएर मृत्युको पछि बिचरा मेरी आमा!
हुन पनि मेरा काका २०३६ सालयता बेपत्ता हुनुहुन्थ्यो। हजुरबुवाको यो इच्छा भगवानबाहेक अरूले पूरा गर्न नसक्ने ठहर गर्थे। भन्थे, ‘काफ्ले बाजेले चिताउनु भएको पुगोस्। कान्छा काफ्ले जहाँ छन्, उनको खबर बाजेको कानमा परोस्।’
म हरेक दिन तिम्रा तस्बिरलाई पढ्छु। तिमीलाई थाहा छ? जब तिम्रा तस्बिरहरूमा मेरा मनका आँखा अडाउँछु, एकाएक तिमीमै हराउँछु। तिम्रा हरेक तस्बिरले मलाई किन एकतमासले लठ्याउँछन्? अनि विस्तारै गलाउँछ पनि।
इटहरी साहित्यिक समूहले हरेक वर्ष प्रदान गर्दै आएको ‘इटहरी काव्य पुरस्कार’ यस वर्ष ‘मातृवन्दना’ कृतिका लागि कवि उपमा आचार्यलाई समर्पण गरिएको छ।
ए मेरा शत्रुहरू हो, मलाई सिध्याउन त्यहाँ के हुँदै छ? म त यहाँ कलम तिखार्दै छु, तिम्रो गाथा लेख्न।
खै के भनेर सम्बोधन गरूँ? ‘बुढो’ भन्ने हक त हुँदैन होला तिमीले यो चिठी पढ्ने बेलासम्म। बिहेपछिको ९ वर्ष, बिहे नगर्दैदेखिको जोडेर १३ वर्ष तिमीसँगै बिताउँदा धेरै तीता-मीठा अनुभवहरू सँगालें। म सधैं एकदमै समझदार जीवनसाथी बन्ने कोशिस गरिरहें, तिम्रो परिवारमा पनि सधैं असल सदस्य बन्न चाहें।
तिमीले कानमा लगाइदिएको फूल, हातमा राखिदिएको प्यारो रुमाल, अनि अँगालो मारेर रुँदा भिजेको मेरो भोटो, बाटोमा खानु ल भनेर गोजीमा राखेको त्यो मकै, घरदेखि ओझेल पर्दा फर्की-फर्की हेरिरहेका भिजेका एक जोडी आँखा, सम्झिदै मन कुँडिएर आउँछ तिमी के गर्दै होलाउ नि!
यही सडकको अर्का छेउमा दौडिरहेका छन् ठूल्ठूला भुँडी लागेका केही कुटिल नेताजस्ता केही नाफाखोर व्यापारीजस्ता केही भ्रष्ट ब्युरोक्रेस्ट्सजस्ता देखिने मान्छेहरू
गाउँघर सबै रित्तै पारौं, मलहरूमा भैंसी पालौं, प्याकेजमा रोग किनौं, आयातले देश चिनाउँ, कृषि हाम्रो पेशा हो, सबै चिज किनेर खाउँ, प्रश्नको घनचक्करमा घुम्दै अस्पताल जाउँ।