साहित्य

रिक्साका चक्काजस्तै दिनहुँ घोटिएर खिइन लागेका रिक्सा चालकका हातका भाग्य रेखाहरू, गाँस्नै नमिल्नेगरी बारम्बार चुटिएको चप्पलको लोतीजस्तै चुटिएका सपनाहरू।

मोहन ढकाल
विराटनगर, असार ४

सिमेन्टका जंगलहरू ठडिए, इतिहास बोकेका वनहरू ढले, महलमा ती रूखहरू ताप्दा रगतको बास्ना आउँदैन?

मोहन गुरागाईं
विराटनगर, असार ४

ऊ आफैँ फुल्यो, हिलो मैलोको बीचमा कुनै सरम नमानी, निर्धक्क।

गुरागाईं प्रह्लाद
विराटनगर, असार ४

ऋषि तिवारी
विराटनगर, असार ३

‘तिमीहरू पनि उनीहरूजस्तै साथी बन,’ मुसुमुसु हाँसिरहेका सामीप्य र प्रनिसको उदाहरण दिँदै शिक्षकले भने, ‘तर हरिजस्तो चोर चाहिँ नबन नि, कि कसो हरि?’

जुनु भट्टराई
असार ४

ए साथी! भन न भन!! दधिचि हुन् कि शिवि हुन्? टेरेसा हुन् कि ड्युना हुन्? आफ्नोबारेमा कहिल्यै बोल्दैनन् यी सेता मान्छेहरू।

भरत गुरागाईं ‘बर्बरिक’
जेठ २८

यो सहर निदाइरहेका मान्छेहरूलाई  तेजाब छर्केर युद्ध लड्ने  कायर आत्माहरूको पाखण्डी सोचसँग  दिउँसै सोमरस सड्काइरहेको हुन्छ। बिना सुइका घडीहरूमा के समय देख्छन् र मान्छेहरू बादल लागेको दिनमै पनि  ऊ रात बनाइरहेको हुन्छ।

जुनु भट्टराई
जेठ २८

कैली गाई कहिल्यै लामो समय  रहँदैनथ्यो हाम्रो घरमा  हामी नभएको मौका पारेर आमाले  कैली गाई बेच्नुहुन्थ्यो र  लगत्तै लिखा र किर्नाले पुरिएको अर्को बाच्छी ल्याउनुहुन्थ्यो,  हामी रित्तो आँगनमा उभिएर  आमे डामे आमे डामे भन्दै  आमासँग रिसाउँथ्यौं। 

भरत गुरागाईं ‘बर्बरिक’
जेठ २५

मैले अन्तिम बिदाइ लिँदै गर्दा- मेरो मृत्यु पीडाले छोओस् छिमेकीहरूलाई, बाढीले पहरो भत्काएझैं वर्षौंदेखि साँधमा लगाएको टाटी भत्काउँदै आऊन्, यसरी रागिलो बनोस् तिनको नाक यसरी धमिलो बनोस् तिनको आँखा यसरी भक्कानियोस् तिनको मुटु लाख कोसिस गर्दा पनि लुकाउन नसकून् तिनले आफ्नो संवेदना र सुस्केराहरू।

भरत गुरागाईं ‘बर्बरिक’
जेठ २१

लिएर विश्वास सबैले तिमीलाई दिए साथ पुग्यौ कुर्सीमा चल्यो दिमाग घुमाएर हात रोकिएन लोभी नजर आमाको रगतको बन्धनले लिएका थियौ कुर्सी नाम कलंक चन्दनले

तिलक थापा

अत्ति अन्याय अत्यचारको  भूमरी वर्सेनि खेपिरहेको हामी नेपालीलाई एउटै लौरोले ठिक पार्ने भयौ पुरातनवादी सोचको निर्मूलकर्ता बालेन तिमीलाई धेरै धेरै शुभकामना छ।

सरिता तुलाधर
जेठ २१

ए मान्छे हो ! म तपस्यामा छु, अहिले मलाई एउटा कविता लेख्न देओ। जब सिङ्गै बस्ती  तुवाँलोको चपेटामा मुर्छित हुन्छ कसरी झिसमिसै बोलाउन सक्छ्यौ तिमी?

भरत गुरागाईं ‘बर्बरिक’
जेठ १६

गणतन्त्रमा नक्सा चुच्चे भो, तुइनमा नेपाली मारिँदा मुख बन्द भो नेताले गणतन्त्रको नारा छाडेनन्, कार्यकर्ता ताली पिट्न छोडेनन् वाह! गणतन्त्र, क्या गणतन्त्र, छ्या गणतन्त्र।

सुवास गोतामे
जेठ १५

हरियो पीपल वृक्षको हरियो पात म भेट्नोबाट छुट्टिएपछि आज अनायास मेरो नाम बदलियो तिम्रो खुसीलाई सलाम छ पातबाट पत्कर भएँ म।

भरत गुरागाईं ‘बर्बरिक’
जेठ १०

हातमा पुरानो फोटोको एल्बम्, सुसाइड नोट लेखेको कलम हुन्छ। लेखेको सुसाइड नोट आँशुले पूरै भिजेको हुन्छ।

जुनी भण्डारी
वैशाख २१

ए लेखक! स्त्रीलाई अक्षरका ओछ्यानमा सुताएर  वाक्यपिच्छे बक्छौ कायरता  स्त्रीलाई निरीह कुँदेर बटुल्छौ सहानुभूति  दया लिपेर लुकाउँछौ आफ्ना कमजोरी।

सीमा आभास
शनिबार, वैशाख १८, २०७९

म भोकाएर रूँदा जूनकै उज्यालोमा  लिटो बनाएर खुवाउँथिइन्  झ्याल छिचोलेर भित्र पसेको  जूनको मधुरो प्रकाश देखाउँदै  सुताउँथिइन् अँगेना छेउको खटियामा।

मीनकुमार नवोदित