अन्तर्राष्ट्रिय

सिद्धारमैया बने कर्नाटकको मुख्यमन्त्री

कंग्रेसले बिहीबार औपचारिक रूपमा सिद्धारमैयालाई कर्नाटकको मुख्यमन्त्रीको रूपमा घोषणा गरेको छ।

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच ७५ वर्षका सिद्धारमैयालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो।

डिके शिवकुमार उपमुख्यमन्त्री हुनेछन्। उनी कर्नाटक कंग्रेस प्रमुखको रूपमा जारी रहनेछन्।

सुरूमा सिद्धारमैया र शिवकुमारलाई आधा-आधा कार्यकाल मुख्यमन्त्री बनाउनेबारे छलफल चलेको थियो।

मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले २० मेमा सपथ लिनेछन्। सिद्धरामैया अनुभवी र वरिष्ठ राजनीतिज्ञ हुन्।

Siddharmaiya1684393830.jpg

शिवकुमारले सिद्धरामैया र खर्गेसँगको आफ्नो तस्बिर ट्वीट गर्दै भनेका छन्, ‘कर्नाटकको सुरक्षित भविष्य र जनताको कल्याण हाम्रो सर्वोच्च प्राथमिकता हो, र हामी त्यसको ग्यारेन्टी गर्न एकजुट छौं।’

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, जेठ ४ (एजेन्सी)