अन्तर्राष्ट्रिय
मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा २९६ जनाको मृत्यु


मोरक्कोको गृह मन्त्रालयले मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको र कम्तीमा २९६ जनाको ज्यान गएको जनाएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिमस्थित उच्च एटलस पर्वतमा रहेको बताएको छ। यसको केन्द्र १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ।
भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो। कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
सामाजिक सञ्जालमा धेरै अपुष्ट भिडियो सेयर भइरहेका छन्। जसमा भूकम्पबाट क्षतिग्रस्त भवन र सडकमा छरिएका मलबे देखिएका छन्।
एक बासिन्दाले समाचार एजेन्सी रोयटर्सलाई माराकेशको पुरानो सहरमा केही भवनहरू ध्वस्त भएको बताए।
स्थानीय समय अनुसार राति ११:११ मा भूकम्प गएको हो।
अर्का व्यक्तिले भूकम्पबाट बलियो कम्पन महसुस गरेको र भवनहरू हल्लिएको देखेको बताए।
अब्दुलहक अल-अमरानीले एएफपी समाचार एजेन्सीलाई भने, ‘मानिसहरू स्तब्ध र आतंकमा थिए। बालबालिका रोइरहेका थिए।’
भूकम्पका कारण करिब दश मिनेटसम्म बिजुली र फोन लाइन बन्द भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोरक्कोमा गएको भूकम्पप्रति दुःख व्यक्त गर्दै भारत मोरक्कोलाई हर प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मोरक्कोमा भूकम्पका कारण ज्यान जनताले गुमाएकोमा म दुःखी छु। यस दुःखको घडीमा मेरो मन मोरक्कोका जनतासँग छ। म प्रार्थना गर्छु, घाइतेहरु चाँडै निको हुन्। भारत मोरक्कोलाई यस कठिन समयमा सबै सहयोग गर्न तयार छ।’