अन्तर्राष्ट्रिय

मोरक्को भूकम्प अपडेटः मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।

घटनामा परी घाइते हुनेको संख्या पनि २ हजारभन्दा बढी नै रहेको बताइएको छ।

भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। साथै विपद्मा परेर बाँचेकाहरुका लागि खाना, आवास र अन्य आवश्यक सहयोग गर्न आदेश दिनुभएको छ ।

भूकम्पपछिको दोस्रो रात पनि धेरैजसो मानिसहरु खुल्ला आकाशमुनी बसेको बताइएको छ। स्थानीय समय अनुसार शुक्रबार राति ६ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दू दक्षिण पश्चिम शहर माराकेसको ७१ किलोमिटर उचाईमा रहेको पर्वतमा रहेको बताइएको छ। भूकम्पको धक्का भने ३ सय ५० किलोमिटर टाढा रहेको राजधानी रबात र यसको आसपासका अन्य शहरहरुमा पनि महसुस गरिएको थियो।

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार