अन्तर्राष्ट्रिय

लिबियामा समुद्री आँधी र बाढीमा परी २३ सय जनाको मृत्यु, १० हजारभन्दा बढी बेपत्ता

लिबियामा ड्यानियल नामक आँधी र बाढीका कारण २३ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढी बेपत्ता भएका छन्।

सुनामी जस्तै गरी आएको बाढीले बगाएर समुद्रमा पुर्‍याएका शवहरु निकाल्न उद्दार टोलीलाई निकै सकस परेको छ। बाढीबाट डेरना शहर सबैभन्दा प्रभावित भएको छ।

एम्बुलेन्स प्राधिकरणका अनुसार डेरनामा हालसम्म २ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। बाढीमा परी १० हजारभन्दा बढी मानिस बेपत्ता छन्।

बाढीले डेरना शहरका दुई वटा बाँध र चार वटा पुल भत्काएको छ। आँधीका कारण शहरको अधिकांश भूभाग डुबेको छ। आँधी र बाढीबाट प्रभावित लिबियामा विभिन्न देशहरुबाट सहायता आउन थालेको छ । इजिप्टबाट केही सहायता भएको बताइएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार