अन्तर्राष्ट्रिय
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्यो

नवपथ संवाददाता
काठमाडौं, कात्तिक ६ (एजेन्सी)

इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकुबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योजना आइतबार घोषणा गरेको छ।
इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ती बस्तीमा मुख्यतया सहकारी फार्म र किबुटजिम (गाउँहरू)लगायतका छन्।
शुक्रबार रक्षा मन्त्रालयले उत्तरी इजरायली शहर किरियत शमोनाका बासिन्दालाई लेबनानी सीमा नजिकै २२,००० जनसङ्ख्या भएको बासिन्दालाई खाली गर्न आदेश दिएको थियो।
अक्टोबर ७ मा दक्षिणी इजरायलका शहर र सैन्य चौकीमा हमासले आक्रमण गरेको थियो। त्यसपछि इजरायलले गाजा पट्टीमा जवाफी हमला गर्दै लेबनानसँगको उत्तरी सीमामा रहेको लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र प्यालेस्टिनी लडाकु समूहसित इजरायलको लडाइँ बढाएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवपथ संवाददाता
काठमाडौं, मंसिर १८ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १६
नवपथ संवाददाता
काठमाडौं, मंसिर १४
नवपथ संवाददाता
काठमाडौं, मंसिर १३
नवपथ संवाददाता
काठमाडौं, मंसिर १२ (एजेन्सी)