अन्तर्राष्ट्रिय

उत्तराखण्डमा राजमार्गमा निर्माण भइरहेको सुरुङ भत्कियो, ३६ मजदुर फसे

भारत उत्तराखण्डको यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माण भइरहेको सुरुङ भत्किँदा काम गरिरहेका ३६ मजदुर फसेका छन्। मजदुर बचाउने काम भइरहेको छ।

यो सुरुङ उत्तरकाशी जिल्लाको सिल्कियारा र डण्डलगाउँ जोड्न निर्माण भइरहेको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्री पुष्कर धामीलाई फोन गरी उद्धार कार्यको जानकारी लिएका छन्।

सुरुङमा फसेका मजदुरहरु सकुशल रहेको अधिकारीहरूले बताएका छन्। उनीहरूलाई बाहिरबाट अक्सिजन पुर्‍याइएको छ। तर, अलपत्र परेका मजदुरहरूसँग कुनै सम्पर्क भएको छैन।

अलपत्र परेका मजदुरमध्ये एक मात्र उत्तराखण्डका हुन्। बाँकी बिहार, पश्चिम बंगाल, यूपी, झारखण्ड, ओडिशा र हिमाचल प्रदेशका हुन्।

सुरुङमा फसेका मजदुरको उद्दारका लागि राज्य प्रकोप उद्धार बल र राष्ट्रिय प्रकोप उद्धार बलका उद्धारकर्मी स्थानीय प्रहरी र प्रशासनसँग मिलेर काम गरिरहेका छन्।

सुरुङ नजिकैको फोहोर हटाउन जेसीबी र अन्य मेसिनको प्रयोग भइरहेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार