अन्तर्राष्ट्रिय

भूमध्यसागरमा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु

अमेरिकी सेनाले पूर्वी भूमध्यसागरमा भएको हेलिकप्टर दुर्घटनामा आफ्ना पाँच सैनिकको मृत्यु भएको जनाएको छ।

अमेरिकी सेनाका अनुसार यो हेलिकप्टर नियमित प्रशिक्षण अभ्यासका क्रममा इन्धन भर्ने क्रममा दुर्घटनामा परेको थियो।

इजरायल र हमासबीच युद्ध सुरू भएदेखि नै अमेरिकाले यस क्षेत्रमा आफ्नो गतिविधि बढाएको छ।

सामाजिक सञ्जाल साइट ‘एक्स’मा श्रद्धाञ्जली अर्पण गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले लेखेका छन्, ‘भूमध्यसागरमा प्रशिक्षण अभियानका क्रममा विमान दुर्घटनामा परी ज्यान गुमाएका पाँच अमेरिकी सैनिकको ज्यान जानेमा जिल र म शोक व्यक्त गर्दछु।’

इजरायल र गाजाबीच युद्ध सुरू भएपछि अमेरिकाले आफ्ना छिमेकीहरूलाई यो युद्धमा संलग्न हुन नदिन यो तैनाथी गरेको थियो।

प्यालेस्टाइनको तर्फबाट इरान र लेबनानको हिजबुल्लाह यस युद्धमा सामेल भएको अमेरिका चाहँदैन।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार