अन्तर्राष्ट्रिय

बालुवा बोकेको ट्याक्टरको ठक्करबाट भारतमा इन्स्पेक्टरको मृत्यु

बिहारमा अवैध रुपमा बालुवा बोकेको ट्याक्टरले ठक्कर दिँदा एक जना इन्स्पेक्टरको मृत्यु भएको छ।

मंगलबार गढी प्रहरी चौकीका इन्स्पेक्टर प्रभात रञ्जनलाई बालुवा भरिएको ट्याक्टरले किचेको भारतीय प्रहरीले जनाएको छर

जमुई प्रहरीले सामाजिक प्लेटफर्म एक्स (ट्वीटर)मा यसको पुष्टि गरेको छ।

इन्स्पेक्टर रञ्जनलाई बालुवाले भरिएको ट्याक्टरले ज्यान मार्ने नियतले ठक्कर दिएको जमुई प्रहरीले जनाएको छ।

यस आक्रमणमा अर्का प्रहरी जवान राजेशकुमार साओ पनि घाइते भएका छन्।उनको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ। चालकको पहिचान भइसकेको छ।

चालकलाई पक्राउ गर्न विशेष टोली गठन गरी प्रहरीले छापा मारिरहेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार