समाज

युवतीले लगाएको सेनेटरी प्याडमा ब्राउनसुगर भेटिएपछि …

शनिबार भद्रपुर विमानस्थलबाट काठमाडौंका लागि यति एयरको जहाज उड्ने तयारीमा थियो।

बिहान ११:५ बजे विमानस्थलमा एक जना युवती पुगेकी थिइन्।

झापा कमल गाउँपालिका-७ घर भएकी २६ वर्षीया एन्जल राई काठमाडौं उड्दैथिइन्।

त्यतिबेलै जिल्ला प्रहरी कार्यालय झापाको टोली विमानस्थलमा पुग्यो।

सुरक्षा चेकजाँच गर्ने क्रममा ती युवतीले लगाएको सेनेटरी प्याडमा लागुऔषध भेटियो।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर बस्त्र खोल्न लगायो। झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार पेन्टीभित्र सेनेटरी प्याडको बीचमा ११ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर भेटियो।

तत्काल ती युवतीलाई पक्राउ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ। उनको साथमा रहेको नागरिकता र एक थान मोबाइल बरामद गरिएको छ।

प्लाष्टिकको पोको बनाएर ती युवतीले आफ्नो संवेदनशील अंगमा ब्राउनसुगर लैजान लागेकी थिइन्। उनले कसका लागि ब्राउनसुगर लैजान खोजेकी थिइन् अनुसन्धानकै क्रममा रहेको रिजालले बताए।

एन्जल काठमाडौं नारायण थान डेरा गरी बस्ने गरेकी थिइन्।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, जेठ १५ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, जेठ १५