समाज

तीज कार्यक्रममा झडप हुँदा पाल्पामा एक युवकको मृत्यु

पाल्पामा तीजको नाचगान कार्यक्रममा झगडा हुँदा एक जना युवाको हत्या भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  तीजको नाचगान कार्यक्रममा युवाहरुबीच झगडा हुँदा आइतबार राति १२ बजे खत्रीमाथि चक्कु प्रहार भएको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो। खत्रीलाई पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्याको आरोपमा प्रहरीले ४ जना युवालाई नियन्त्रणमा लिएको छ। यस समबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०

प्रतिक्रिया दिनुहोस्