समाज

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा नवलपरासी गैंडाकोट नगरपालिका-७ गैरी बस्ने १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय संगम कुमाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरू दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्। 

 घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०

प्रतिक्रिया दिनुहोस्