समाज

आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग सहित बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली भइरहेको छ। सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ। 

साथै, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोसी, बागमती र लुम्बिनी प्रदेशका केही    स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०

प्रतिक्रिया दिनुहोस्