समाज

तीजको नाच हेरेर फर्किँदै थिए, चट्याङ लागेर बिते

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महाबु गाउँपालिका-३ बस्ने १६ वर्षीय किशोर दाहाल रहेका छन्। उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही गाउँपालिका-३ एक्लेसल्लोस्थित महाबै मन्दिरमा तीजको नाच हेरेर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै, चट्याङ लागेर घाइते भएका अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०

प्रतिक्रिया दिनुहोस्