समाज

रुपन्देहीको एसजी रेष्टुरेन्टका मजदुरबीच कुटाकुट हुँदा एक जनाको मृत्यु, तीन घाइते

रुपन्देहीको एउटा रेष्टुरेन्टमा मजदुरहरूबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका-९ केवलानीस्थित एसजी रेष्टुरन्टका मजदुरहरूबीच कुटपिट सोमबार राति साढे ८ बजे कुटाकुट भएको हो।

मृत्यु हुनेमा मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतान छन्। उनको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका-४ बस्ने १९ वर्षीय रोमन तामाङसहित आठ जना पक्राउ परेका छन्।

मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भएर कुटपिट भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए। 

चार जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएकोमा उपचारको क्रममा सुरेशको मृत्यु भएको हो।

सुरेशको शरीरमा धारिलो हतियार छुरा प्रहार गरिएको थापाले बताए।

काठमाडौं महानगरपालिका-१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते छन्।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको थापाले बताए।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०

प्रतिक्रिया दिनुहोस्