समाज
६७० जनाको सजाय मिनाहा, भोलि छुट्दै

नवपथ संवाददाता
काठमाडौं, असोज २

सरकारले ६७० जना कैदीहरूको सजाय मिनाहा गरेको छ। संविधान दिवसको अवसर पारेर उनीहरूलाई भुक्तानी गर्न बाँकी कैद मिनाहा गरिएको हो।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती कैदीहरूको सजाय मिनाहा गरेका हुन्।
राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषदको भदौ २९ गतेको बैठकको सिफारिसमा कैदीहरूको सजाय मिनाहा गरिएको जनाएको छ।
उनीहरू बुधबार रिहा हुनेछन्।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०