समाज
नेपाली विद्यार्थी विपीन जोशी हमासको नियन्त्रणमा


इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले आक्रमण गरी गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी रहेको खुलेको छ।
इजरायलमा हमासले आक्रमण गर्दा नेपाली विद्यार्थी विपीन जोशी हराइरहेका थिए।
नेपाली राजदूतावास तेल अबिब इजरायलले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशी कमासले गाजातर्फ लगेकामध्येमा जोशी पनि रहेको जनाएको हो।
दूतावासले इजरायलको डिफेन्स फोर्सका प्रवक्तालाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो।
जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको दूतावासले दिएको जानकारीमा उल्लेख छ।
जोशी अहिलेसम्म सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ।
भीमदत्त नगरपालिका-३ का जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए।
सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।