समाज

इटहरीको शान्तिनगरमा खुकुरी प्रहार गरी एकल महिलाको हत्या

इटहरीको शान्तिनगरमा खुकुरी प्रहार गरी एकल महिलाको हत्या भएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिका-२ की ६८ वर्षीया मधेमाया पुरीको सोमबार हत्या भएको हो।

घटनामा संलग्न भएको आरोपमा स्थानीय सन्तोष राई पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले विस्तृत विवरण आइनसकेको बताए।

घर पछाडिकाे गाेठमा गाेबर साेरिरहेको अवस्थामा राईले खुकुरी प्रहार गरेका थिए। 

स्थानीयका अनुसार पुरीको स्थानीय अस्पताल तरहरा पुर्‍याउँदा मृत्यु भएको थियो। राईले खुकुरी प्रहार गर्दा उनकी बुहारी सरू पुरी घाइते भएकी छिन्। 

सासुलाई खुकुरी हानेकाे  देखेपछि उनलाई प्रहार गरेको र उनको पाखुरामा चाेट लागेकाे स्थानीयले बताए। 

राई पुरीका छिमेकी हुन्। हत्या गर्नुको कारण खुलेको छैन। 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०

प्रतिक्रिया दिनुहोस्