समाज

यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि मसी छ्यापेर दुर्व्यवहार

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ।

रिजालमाथि मोहन वैद्यनिकट क्रान्तिकारी युवा संगठनका व्यक्तिहरूले नीलो मसी छ्यापेर सोमबार बिहान दुर्व्यवहार गरेका हुन्।

कार्यालय छिर्दैगर्दा उनीहरूले मसी छ्यापेको रिजालले बताए। विभागमा रिजाल महानिर्देशक भएर गएपछि नक्कली लाइसेन्ससम्बन्धी अध्ययन गर्न थालिएको थियो। नक्कली लाइसेन्स सार्वजनिक नगरेकोलगायत आरोप लगाउँदै रिजाललाई दुर्व्यवहार गरिएको हो।

‘१० बजे अफिस छिर्दै गर्दा कम्पाउन्डभित्र मसी छ्यापियो,’ उनले भने, ‘मैले दुई जना देखें।’

सिसिटिभी फुटेजमा चार-पाँच जनाको संख्यामा संगठनका व्यक्तिहरू रहेको देखिएको छ। मसी छ्यापेर फरार भएकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०

प्रतिक्रिया दिनुहोस्