ताजा समाचार
पोखरीमा डुबेर महोत्तरीमा ६८ वर्षीय वृद्धको मृत्यु

नवपथ संवाददाता
महोत्तरी, जेठ ७

महोत्तरीमा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पिपरा गाउँपालिका-४ बस्ने ६८ वर्षीय शिवचन्द्र मिश्र छन्।
उनको सोही ठाउँस्थित डबरा पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०