ताजा समाचार
जुन ट्याक्टरमा चढेका थिए, त्यसैको चक्काले किचेर बिते

नवपथ संवाददाता
खोटाङ, जेठ ८

ट्याक्टरबाट लडेर खोटाङमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका-१ का ५३ वर्षीय मकरध्वज राई छन्।
आइतबार बेलुका ७ बजे कुर्लेबाट झापातर्फ जाँदै गरेको को२त ४६७६ नम्बरको ट्याक्टरमा सवार रहेका उनी ट्याक्टरबाट लड्दा पछाडिको चक्काले किचेको थियो।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न ट्याक्टर चालक मानेभन्ज्याङ गाउँपालिका-६ ओखलढुंगाका ३० वर्षीय बलध्वज राईलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०