ताजा समाचार

स्याउला झार्न स्वामीको रुख चडेकी थिइन्, लडेर बितिन्

रुखबाट लडेर सिन्धुलीमा एक जना महिलाको मृत्यु भएको छ।

हरिहरपुरगढी गाउँपालिका-६ चिसापानीकी ५० वर्षीया शान्तिमाया माझीको सोमबार लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार उनी घरबाट २०० मिटर दक्षिणतर्फ बारीमा रहेको स्वामीको रुखमा चढेकी थिइन्।

स्याउला झार्ने क्रममा उनको दिउँसो साढे १ बजे लडेर उनको मृत्यु भएको हो।

स्थानीयले राति ९ बजे प्रहरीलाई खबर गरेपछि टोली त्यहाँ पुगेको थियो। घरमा शव ल्याइरहेको अवस्थामा प्रहरी पुगेर आवश्यक कानुनी रित पुर्‍याएको थियो।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०

प्रतिक्रिया दिनुहोस्