ताजा समाचार
ट्रकको ठक्करबाट इटहरी-१७ का केशवकुमार कार्कीको मृत्यु

नवपथ संवाददाता
इटहरी, जेठ ९

इटहरी उपमहानगरपालिका-६ स्थित सडकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-१७ लबिपुरका ५२ वर्षीय केशवकुमार कार्की छन्।
सोमबार दिउँसो बा२क ७८६४ नम्बरको ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०