ताजा समाचार
धारामा पानी थाप्न जाँदै थिइन्, चट्याङ लागेर गयो ज्यान

नवपथ संवाददाता
रौतहट, जेठ १०

चट्याङ लागेर रौतहटमा एक जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मौलापुर नगरपालिका-४ पतौरा बस्ने ३५ वर्षीया प्रतिमा देवी साह छिन्।
उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै गोठनजिकै रहेको धारामा पानी लिन जाँदा चट्याङ लागेर उनको मृत्यु भएको हो।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०