ताजा समाचार

चिलाउनेमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

उदयपुरको कटारी नगरपालिका-१२ चिलाउनेस्थितमा चट्याङ लागेर मंगलबार बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा १२ वर्षीय खड्गबहादुर तामाङ छन्। गोठमा बसिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो। 

मृतक लाशको कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।   

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार