ताजा समाचार
सुँगुरको मासु खाएको भिडिओ राख्ने टिकटक स्टार युवतीलाई ५ वर्ष जेल !

नवपथ संवाददाता
काठमाडौं, जेठ १२

सुँगुरको मासु खाएको भिडिओ टिकटकमा अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ।
इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले सुँगुरको मासु खाएको भिडिओ टिकटकमा राखेपछि उनी विरुद्ध ईश्वरनिन्दाको मुद्दा लागेको हो।
उनले गत मार्च ९ मा टिकटकमा एउटा भिडिओ क्लिप अपलोड गरेकी थिइन्। सो भिडिओमा उनका अगाडि एउटा प्लेटमा भात, तरकारी र सुँगुरको छाला राखिएको छ।
मुखर्जी मुस्लिम समुदायकी भएकाले उनको धर्ममा सुँगुरको मासु खानु पूर्ण रूपमा प्रतिबन्ध छ।
अपलोड भएको एक हप्तामै उनको भिडिओमा एक करोड ३४ लाख भ्युज आएको थियो, भने कमेन्टमा अधिकांशले उनलाई गाली गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०