ताजा समाचार

खैरो हेरोइन कारोबारको गिरोह समातियो

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ।

ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको जनाएको हो।

प्रहरीले झापा विर्तामोड घर भएका किरण कन्दङवालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजारसहित पक्राउ गरेको थियो। अनुसन्धानको सिलसिलामा उनको कारोबारको नेटवर्क पहिल्याउने क्रममा झपाका विजय लिम्बू, माधव मेचे, विनोद लिम्बू, भारत दार्जिलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए।

खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उनले बताए।

त्यस्तै, व्युरोले ३ किलो ६ सय ग्राम लागुऔषध चरेससहित थाइल्याण्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्वा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार