ताजा समाचार

१२ बुँदे सम्झौता खारेजयोग्य छ : महामन्त्री बर्तौला

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले १२ बुँदे सम्झौता खारेजयोग्य भएको बताएका छन्।

उनले संघीय गणतन्त्रको नाममा हाल कायम भ्रष्ट व्यवस्था बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताएका छन्।

यो व्यवस्था सञ्चालन गर्ने शासकहरूले नाङ्गो भएर भ्रष्टहरूको संरक्षण गरेको उनले बताएका छन्।

‘विदेशीको रोहबरमा भएको १२ बुँदे सम्झौताबाट निर्मित गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको मार्ग असफल भयो। यो खारेजयोग्य छ,’ बर्तौलाले ट्वीटरमा लेखेका छन्।

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार