ताजा समाचार

गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षडयन्त्र भयो : माधव कुमार नेपाल (भिडिओ)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षडयन्त्र भइरहेको बताएका छन्। 

सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ(समाजवादी)ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षडयन्त्र भइरहेको बताएका हुन्।

उनले गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायि भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे।

उनले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने जिकिर गरे। त्यस्तै उनले मुलुक अन्त्यै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।

अध्यक्ष नेपालले समाज रुपान्तरणको क्रममा बाधा हुनेहरुलाई पन्छाउदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार