ताजा समाचार

एक्साभेटरमा आगलागी हुँदा एक करोडको क्षति

एक्साभेटरमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।

थुलुङ दुधकोशी गाउँपालिका-५ लिखु बस्ने प्रकाश राईको घरनजिक पार्किङ गरी राखेको हाल नम्बर नखुलेको एक्साभेटरमा शनिबार राति आगलागी भएको हो।

एक्साभेटर पूर्णरूपमा जलेर करिब एक करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशले सानी कम्पनीको हारबोट कन्ट्रक्शन प्रालिको एक्साभेटर भाडामा लिई सोही गाउँपालिका-४ छिपिलीस्थित दुधकोशी-२ जलेश्वर हाइड्रोपावर कम्पनीको बाटो ट्रयाक खन्दै आएका थिए।

उक्त एक्साभेटर सात-आठ दिनदेखि प्रकाशको घरनजिक सडकमा पार्किङ गरी राखेको खुलेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यस्तै, रुपन्देही गैडहवा गाउँपालिका-८ मैनिहवास्थित मोटरसाइकल वर्कसपमा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

धनिराम थारूको घरको सटरमा सुरेन्द्र मल्लले सञ्चालन गर्दै आएको उक्त वर्कसपमा विद्युत सर्ट भई आगलागी हुँदा वर्कसपमा रहेका विभिन्न सर-सामानहरू जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको हो।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०

प्रतिक्रिया दिनुहोस्