ताजा समाचार

काठमाडौंबाट खोटाङ जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको कार आइतबार अपराह्न सिन्धुलीमा दुर्घटना भएको छ।

प्रहरीका अनुसार बा.प्र.०१-०२७च ३७३४ नम्बरको कार सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ सिम्लेनजिक मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा कारमा सवार नुवाकोट किसपाङ गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय किरण नेपाली घाइते छन्। उनको शरीरको भित्री भागमा चोट लागेको छ।

नेपालीलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

अपराह्न पौने ५ बजे कार आफैं अनियन्त्रित भएर सडकको बायाँ साइडबाट करिब १२ मिटर तल खेतमा खसेको थियो।

चालक गोरखा नगरपालिका-८ का ३३ वर्षीय राजु थापा नेपालीको उपचारमा संलग्न छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०

प्रतिक्रिया दिनुहोस्