ताजा समाचार

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङ दंशीशरण गाउँपालिका-४ का २८ वर्षीय रामहरि चौधरी रहेका छन्।

प्रहरीका अनुसार स्याङ्जा पुतलीबजार नगरपालिका-१४ स्थित भित्री सडक खण्डमा तोप्सेबाट लामागेतर्फ जाँदै गरेकव ग१त ४९८९ नम्बरको ट्याक्टर सोमबार बिहान साढे ९ बजे पल्टेको हो।

चालक चौधरीको घटनास्थलमै मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०

प्रतिक्रिया दिनुहोस्